ताजा अपडेटः

आधारभुत स्वास्थ्य परियाेजनाकाे तेस्रो त्रैमासिक बैठक सम्पन्न

आधारभुत स्वास्थ्य  परियाेजनाकाे तेस्रो  त्रैमासिक बैठक सम्पन्न प्रकाशित मिति: ५ कार्तिक २०७९, शनिबार २०:३६

सुनवल। फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक मन्च द्धारा संचालित आधारभुत स्वास्थ्य परियाेजनाकाे बैठक सम्पन्न भएकाे छ।

नवलपरासी सात वटा पालिकामा संचालित आधारभुत स्वास्थ्य परियाेजना अन्तरगत उपेक्षित उष्ण प्रदेशिय राेग बारे कार्यक्रम संचालन रहेकाे छ।
आधारभुत स्वास्थ्य परियाेजनाले स्वास्थ्य सेवाकाे पहुचबाट बन्चित रहेका समुदायहरु लाई लक्ष्यित गरी पहुचकाे मुख्य धारामा जाेडने कार्यक्रमहरु समुदाय स्तरीय कार्यक्रम , स्वास्थ्य व्यवस्थापन समिति तथा स्वास्थ्यकर्मीहरुलाई NTDs बारे परियाेजनाले तालिम तथा अभिमुखिकरण कार्यक्रम मार्फत समुदायमा लुकेर बसेका हातिपाईले,कुष्ठराेग प्रभावित व्यतिहरुकाे पहिचान गरि निदानको बिषयमा सचेत बनाएको छ ।

सन २०२२ काे तेस्राे त्रैमासिक बैठकमा नवलपरासी सात वटै पालिकामा रहेका समुदाय स्वास्थ परिचालकहरुले अ आफनाे पालिकाकाे उपलब्धि , चुनाैति,समस्याहरुबारे प्रष्ट पार्दै तथा फेयरमेड नेपालका विपिन थापाले परियाेजनाकाे कार्यक्रमका समस्या तथा चुनाैति बारे छलफल गरिएको थियो ।

मातृतथा नवजात शिशु स्वास्थ बारे फेयरमेड नेपाल बाट मन्जु पाण्डेले संस्थागत सुत्केरी ,प्राेटाेकल अनुसार गर्भवती जांच खाेपबारे जानकारी दिनु भएको थियो भने फेयरमेडकै बिपिन थापाले हरेक महिना कम्तीमा १५ वटा परियाेजनाले गरेका कृयाकलापबाट केश स्टाेरी लेखेर ल्याउनेमा जाेड दिनुभएको थियो ।

परियाेजना सामुदायिक परिचालक श्याम थापाले कार्यक्रम संचालन गर्नुभएकाे थियाे।आधारभुत स्वास्थ्य परियोजनाले नवलपरासी जिल्ला यस त्रैयमासिक मा गरेको कार्यक्रमहरुको समग्ररुपमा परियोजना अधिकृत किरण श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने परियोजनाले अपांगताका क्षेत्रमा यस जिल्लामा गर्दै आएका क्रियाकलापहरुको जानकारी यस परियोजनाका अपाङ्गता समावेशी विकास अधिकृत तबहिद धुनियाले जानकारी दिनु भएको थियी साथै आ आफ्नो पालिकामा गरेको काम र उपलब्धिको बारेमा सोही पालिकाका सामाजिक स्वास्थ्य परिचालनलहरुले जानकारी दिनु भएको थियो।

साथै लेखा अधिकृत दधी पौडेलले परियोजनाको आर्थिक पक्षमा रहेर प्रस्तुति दिनु भएको थियो ।।।



Ads