सुनवल । पश्चिम नवलपरासी को सुनवलमा राष्ट्रिय स्वतन्त्र पार्टिको चुनाव लक्षीत अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । पार्टिका जिल्ला सभापति विनोद कण्डेलको अध्यक्षता र नवलपरासि क्षेत्र नम्बर २ का प्रतिनिधी सभाका उमेद्धवार मदन राज पौडेल (राज) को प्रमुख आतित्थ्यतामा सो चुनाव लक्षित अन्तरक्रिया कार्यक्रम लुम्बिनी पार्टी प्यालेस सुनवलको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रमका सुनवल नगरपालिकाका १३ वटा वडामा वडा सभापति चयन गरिएको छ तेस्तै सुनवल वडा नम्बर २ को वडा सभापतिमा घनस्याम पौडेल सर्बसम्मत चयन भएका छ ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला उपाध्यक्ष सागर पौडेल,जिल्ला सदस्य शंकर भट्टराई लगायत ५० भन्दा बढी युवायुवतीहरुको उपस्थिति रहेको थियो ।