सुनवल। पश्चिम नवलपरासीको सुनवलमा राष्ट्रिय स्वतन्त्र पार्टिको चुनाव लक्षित प्रचार-प्रसार भेला सम्पन्न भएको छ ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्धवार मदन पौडेल राजको उपस्थितीमा आज सुनवल -५ बनकट्टिको सहिद बिष्णु प्रसाद पान्डे स्मृति प्रतिस्ठानको सभाहलमा प्रचार-प्रसार भेला सम्पन्न भएको हो ।
भेलाले सुनवल नगर संयोजकमा मनोज चापागाई लाई नियुक्त गरेको छ भने चुनावी प्रसार-प्रसार लाई तिब्र बनाउन सुनवल नगरपालीका भित्रको सम्पुर्ण १३ वटा वडामा कमिटि गठन गर्ने निणर्य गरेको छ ।
भेलामा जिल्ला उपाध्यक्ष सागर पौडेल, जिल्ला सदस्य स्वस्तिका पुन मगर साथै सुनवल नगरपालीका भित्रका ५० भन्दा वढि युवाहरुको सहभागिता रहेको थियो ।