ताजा अपडेटः

पर्बतको बिहादी गाउँपालिका ५ उराममा पहिरो प्रकोप कयौ घरहरू उच्च जोखिममा

पर्बतको बिहादी गाउँपालिका ५ उराममा पहिरो प्रकोप कयौ घरहरू उच्च जोखिममा प्रकाशित मिति: २० आश्विन २०७९, बिहीबार १६:०३

अमृत भट्टराई,पर्वत । लगातार परिरहेको बर्षाको कारण बिहादी ५ दशैको लहरमा चलिरहेको बेला उरामपोखरामा पहिरोको ले घर तथा बस्तीहरु जोखिममा परेका छन उरामपोखरा स्थित धनकुमारी थापाको घर पछाडी पहिरो खसेको छ स्थानीयको सहयोगमा पहिरो फाल्ने काम भैरहेको छ।

त्यसैगरी उरामपोखरा बगाले स्थित मुक्ती प्रसाद भट्टराईको घर आगन पर्खाल नजिकैबाट जमिन भासिएको चर्किएको छ। घर उच्च जोखिममा परेको छ । त्यसैगरी उरामपोखरा गोराङ स्थित नारन काफ्लेको घर पछाडि पनि ठूलो पहिरो खसेको स्थानीय मुक्ती प्रसाद भट्टराईले बताउनुभयो । स्थानीयको सहयोगमा पहिरो पन्छाउने काम भैरहेको जानकारी गराउनु भयो ।

पहिरो पिडितलाइ भेट्ने क्रममा बिहादी गाउँपालिका उपाध्यक्ष मिना तिवारीले पहिरो रोकथाम राहत तथा उद्दारमा पालिकाले सक्ने सहयोग गर्ने बताउनुभयो।

त्यसैगरी बिहादी ५ वार्ड अध्यक्ष खिम बहादुर थापाले सबै लाई सतर्कता अपनाउन आग्रह गर्दै वार्डबाट पीडितलाई सक्दो सहयोग गर्ने बताउनुभयो छ।



Ads