ताजा अपडेटः

अनेरास्ववियु बिहादी गा.पा द्वारा दशै विशेष शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम सम्पन्न

अनेरास्ववियु बिहादी गा.पा द्वारा दशै विशेष शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम सम्पन्न प्रकाशित मिति: १८ आश्विन २०७९, मंगलवार १७:१०

अमृत भट्टराई,पर्वत। पर्वतको बिहादी गाउँपालिका अनेरास्ववियुले दशै विशेष शुभकामना आदानप्रदान , खुल्ला नृत्य तथा विविध सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य खोवनाथ ज्ञवाली प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिशिस्ट अतिथिहरु प्रदेश कमिटी सदस्यहरु कमल प्रसाद भुसाल, अनिल मास्के तथा नेकपा एमाले बिहादी अध्यक्ष ओम प्रसाद कुवर अनेरास्ववियु केन्द्रिय सदस्यहरु नबराज भुसाल ,शेखर पौडेल ,अनुप लामिछाने ,केशब भुसाल अनेरास्ववियु प्रदेश कमिटी सदस्य दिपु काफ्ले अनेरास्ववियु पर्बत जिल्ला अध्यक्ष मोहन पौडेल नेकपा एमाले जिल्ला कमिटी सदस्य कमरेडहरु धनराज पुरी, सुस्मा भट्ट, दुर्गाप्रसाद भुसाल नेकपा एमाले बिहादी पदाधिकारी तथा सदस्य बिहादी गाउँपालिका निर्वाचित जनप्रतिनिधि उपाध्यक्ष मिना तिवारी निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरु अनेरास्ववियु जिल्ला कमिटी, गाउँ /नगर पदाधिकारी तथा सदस्य कमरेडहरु ,एमालेका विभिन्न जनसङगठनका प्रमुख तथा प्रतिनिधिहरु ,लोकगायक दिनेश काफ्ले ,पत्रकार नागरिक समाज तथा बिहादीबासी जनसमुदायको उपस्थिति रहेको थियो ।

नृत्य प्रतियोगिता सहभागी भइ प्रथम दित्तिय तथा तृतीय हुनुहुनेलाई कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथीले प्रमाणपत्र र नगद हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रम अनेरास्ववियु बिहादी गाउँपालिका अध्यक्ष मुक्ति प्रसाद भट्टराई को अध्यक्षता तथा जिल्ला कमिटी सदस्य सुस्मिता भुसालको सन्चालनमा सम्पन्न भएको थियो।



Ads