ताजा अपडेटः

समुदाय – प्रहरी साझेदारी कार्यक्रम आम्बारी मावि बर्राचौर र नेपाल तारा मावि रानीपानीमा सम्पन्न

कल्पना खरेल
समुदाय – प्रहरी साझेदारी कार्यक्रम आम्बारी मावि बर्राचौर र नेपाल तारा मावि रानीपानीमा सम्पन्न प्रकाशित मिति: २२ भाद्र २०७९, बुधबार १७:१६

पर्वत । समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा रहेको आम्बारी मावि र बिहादी ३ रानीपानीमा रहेको नेपाल तारा माविका कक्षा ९ र १० मा अध्ययनरत बालबालिकाहरूलाई “आत्महत्या ” को वर्तमान अवस्था , कारण र न्यूनीकरणका उपायहरुको बारेमा कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा ९ र १० मा अध्ययनरत बालबालिकाहरूको उपस्थितिमा कार्यक्रम गरिएको रानिपानी प्रहरी चौकीका प्रमुख नरेन्द्र खनालले जानकारी दिनुभयो ।

पछिल्लो समय सडक दुर्घटना , आत्महत्या जस्ता घटना बढ्दै गएको बेला समुदाय – प्रहरी साझेदारी कार्यक्रम निकै प्रभाव कारी बन्दै गएको छ ।




Ads