ताजा अपडेटः

प्रशिक्षणमा सिकेका कुराहरुलाई व्यबहारमा उतार्न गाउँपालिका अध्यक्ष परविन गुरुङको जोड

प्रशिक्षणमा सिकेका कुराहरुलाई व्यबहारमा उतार्न गाउँपालिका अध्यक्ष परविन गुरुङको जोड प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलवार १५:१३

अमृत भट्टराई, पर्वत । नेपाली काँग्रेस पर्वतका युवा नेता पर्वत प्रदेश `ख´ का सभापति एवम् बिहादी गाउपालिका का अध्यक्ष परबिन गुरुङले सोमबार नेपाल महिला संघ पर्वतले विहादी गाउँपालिका ३ रानीपानीमा आयोजना गरेको दुई दिने महिलाहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व बिकास सम्बन्धि प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका गुरुङले शुभकामना दिदै
प्रशिक्षणमा सिकेका कुरा हरुलाई व्यबहारमा उतार्न आग्रह गरेका छन ।

आगामी दिनमा विहादीका सम्पूर्ण महिला दिदिबहिनीलाई लक्षित हुनेगरि आयाआर्जन संग जोडिने जस्तै अचार बनाउने , साबुन बनाउने , अगरबत्ती बनाउने लगायतका कार्यक्रम ल्याउन नेपाल महिला संघ पर्बतलाई अनुरोध गर्दै,आफुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए उत्पादन गरेको सामना बजार सम्म पुराउन पनि सहयोग गर्ने बताए ।



Ads