ताजा अपडेटः

महिलाहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व बिकास सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम रानीपानीमा

महिलाहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व बिकास सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम रानीपानीमा प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलवार १२:०२

अमृत भट्टराई,पर्वत । नेपाली काँग्रेसको भातृ संगठन,नेपाल महिला संघ,जिल्ला कार्यसमिति पर्बतको आयोजनामा महिलाहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व बिकास सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम पर्वतको बिहादी गाउपालिका ३ रानिपानीमा सम्पन्न भएको छ ।

नेपाल महिला संघ पर्वतकी सभापति मुना शर्मा लामिछानेको अध्यक्षतामा सन्चालित कार्यक्रममा
नेपाली काँग्रेस पर्वत प्रदेश `ख´ का सभापति एवम् बिहादी गाउपालिका का अध्यक्ष परबिन गुरुङको प्रमुख अतिथिमा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य लक्ष्मी आचर्य,प्रदेश ख का उपसभापति लक्ष्मी शर्मा,नेपाली काँग्रेस पर्वतका युवा नेता हरि न्यौपाने, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य हर्क सुनार, महिला संघ बिहादीकी सभापति बिष्णु खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रमको मुख्य बिषयहरू
१ भाषण कला
२ माईनट लेखन
३ स्थानिय तह , पालीकाहरूमा महिला लक्षित कार्यक्रम र बजेट सम्बन्धमा
४ महिला हिंसा , आधुनिक समाजमा थपिएका हिंसा र बिभेद, साईबर क्रईमको पहिचान ,प्रतिवाद ,कानुनी उपचारको बारेमा सचेतना
५ नेपाली कांग्रेस भित्र र समग्र नेपालको राजनितीमा महिलाहरू को योगदान बर्तमान अबस्था , समान भुमिका निर्णायक सहभागीता बिषमा अन्तकृया
६ उद्घोषण लगायतका विषयमा छलफल सँगै
सक्षम महिला नेताहरू तयार गर्ने उदेश्य राखेर
एक महिने अभियानको सञ्चालन गरिएको
नेपाल महिला संघ पर्वतकी सभापति मुना शर्मा लामिछानेले बताउनु भयो ।
प्रशिक्षण कार्यक्रम विहादी गाउँपालिका वडा नम्बर ३ रानीपानीमा भएको थियो ।



Ads