ताजा अपडेटः

गण्डकी प्रदेशका उत्कृष्ट १० पालिकामा पर्यो विहादी गाउँपालिकाको स्वास्थ्य शाखा

गण्डकी प्रदेशका उत्कृष्ट १० पालिकामा पर्यो विहादी गाउँपालिकाको स्वास्थ्य शाखा प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार १९:४५

पर्वत।पर्वत जिल्लाको विहादी गाउँपालिका आ.व. ०७८/७९ को स्वास्थ्य कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका ८५ पालिकाहरु मध्ये पर्वतको विहादी गाउँपालिका उत्कृष्ठ १० पालिका भित्र पर्ने सफल भएको विहादी गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख हरि भुसालले जानकारी दिनु भयो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले गरेको कार्यक्रम अनुसार विहादी गाउँपालिका उत्कृष्ट १० मा परेको हो । उत्कृष्टमा परेपछि भुसालले भने विहादीमा रहेका स्वास्थ्यकर्मीहरु, कर्मचारी तथा जनप्रतिनिधि अनि स्वास्थ्य कार्यालय पर्वत, को साथ र सहयोगले गर्दा विहादी गाउँपालिका १० उत्कृष्ट पालिकामा पर्न सफल भएको बताए ।
विहादी गाउँपालिकामा यसै वर्षको साउन महिना देखि गाउँपालिका अध्यक्ष परविन गुरुङले वृद्धअवस्थामा रहेका नागरिक लाई ३-३ महिना मा नि:शुल्क रुपमा स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम सुरु गर्नु भएको थियोे । गुरुङले भने अब केही दिनमा विहादी गाउँपालिका भित्र रहेका सबै विद्यालयमा गएर विद्यार्थीहरुको नि:शुल्क रुपमा स्वास्थ्य परिक्षण गर्ने बताए ।



Ads