ताजा अपडेटः

सुनवलमा दुई दिने स्वास्थ्य सम्बन्धि अभिमुखीकरण सम्पन्न

कल्पना खरेल
सुनवलमा दुई दिने स्वास्थ्य सम्बन्धि अभिमुखीकरण सम्पन्न प्रकाशित मिति: ९ भाद्र २०७९, बिहीबार २०:०६

वसन्त सापकोटा,सुनवल।फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मन्चको साझेदारी संचालित आधारभुत स्वास्थ्य परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सुनवल नगरपालिका अन्तर्गत स्वास्थ्य सेवा सम्बन्धि अभिमुखीकरण , योजना तर्जुमा छ्लफल तथा जेसि सचेतीकरण कार्यक्रम सुनवल -२ लोटस रिसोर्टमा सम्पन्न भएको छ।

दुई दिन सम्म भएको अभिमुखिकरण कार्यक्रममा
नगरप्रमुख ,नगरउपप्रमुख,प्रसासकिय अधिकृत ,
सम्पूर्ण कार्यपालिका सदस्यहरु , सम्पुर्ण वडा अध्यक्षहरु , स्वास्थ्य सस्था प्रमुखहरु र, सम्बन्धित बिषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमले स्वास्थ्यका विभिन्न सुचकको सुस्म बिशेषण गरि आगामी दिनमा स्वास्थ्य सेवा उकास्नका निम्ति कुष्ठरोग न्यूनीकरण ,शून्य होम डेलिभरी घोषणा ,डेङ्गु नियन्त्रण , नन स बि यलाई तालिम , भौतिक सरचनाको स्तर उन्नति कार्ययोजन बनाएको थिय ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य तालिम केन्द बुटवलका भरत बहादुर कुवर , गणेश भट्टराई,फेरयमेड फाउन्डेसन ,नेपालको तर्फबाट बुटवल प्रमुख शाशीलाल कर्ण स्रोत साधन परिचालन विशेषज्ञ तुलसीराम खनाल , लैगिक समाबेसी तथा अपांगता विशेषज्ञ मन्जु पाण्डेले गर्नुभएको थियो। इन्द्रेणी सामाजिक बिकास मन्चको तर्फबाट यस सस्थाकी उपाध्यक्ष श्री साबित्रि पौडेल ,सस्थाका कार्यकारी प्रमुख बद्री प्रसाद सुबेदी र सस्थामा यस परियोजनामा अन्तर्गत कार्यरत कर्मचारीहरुको उपस्तिथि थियोे ।

कार्यक्रममा सुनवल नगरपालिकाका वडाहरुलाई चार समुहमा बिभाजन गरि स्वास्थ्य कार्ययोजना बनाईएको थियोे । जसमा समूह ए मा बडा न १,२,३ समूह बि मा ४,५,६ समूह सि मा ७,८,९ समूह डि मा १०,११,१२,र १३ मा समूह बिभाजन गरिएको थियो । उहाहरुले बनाएको कार्य योजना पूरा गर्ने प्रतिबद्धता पनि जाहेर गर्नु भएको थियो ।




Ads