सुनवल। पश्चिम् नवलपरासीको सुनवलमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको प्रभाव परेको छ । बन्दका कारण विहानै देखि सुनवल नगरपालीका आसपासका क्षेत्रमा लामो तथा छोटो दुरीको सवारी साधनहरु संचालनमा आएका छैनन् ।
बन्दका कारण यस क्षेत्रका शैक्षिक क्षेत्र पूणर् रुपमा बन्द रहेका छन् भने केहि संस्थाहरु संचालनमा आएका छैनन् । त्यसैगरी बन्दका कारण मानिसहरु आवज जावतका लागी साइकल र टेम्पोको प्रयोग गरेका छन् भने केहि मानिसहरु पैदल हिडेर जाने आउने गरेका छन् । छोटो दुरीको लागी केहि फाट्ट फुट्ट मोटर साइकल र स्कुटि भने चलेका छन् ।
नेपाल बन्दका कारण बजारका फलफुल पसल देखि होटल व्यवसायमा कमि आएको छ । केहि खाद्यान्य होलसेल पसल भने खुलेका छन् । यस क्षेत्रमा बन्दमा कुनै टोडफोड नभई शान्तिपूणर् बन्द देखिएको छ ।