ताजा अपडेटः

शिशिर पौडेलको अभिनयमा “वडा अध्यक्ष” सार्बजनिक

कल्पना खरेल
शिशिर पौडेलको अभिनयमा “वडा अध्यक्ष” सार्बजनिक प्रकाशित मिति: २४ श्रावण २०७९, मंगलवार १२:१४

बुटवल । हिन्दु नारिहरुको महान चाड हरितालिका तिज नजिकिदै छ । तिज नजिकिए सङ्गै गायक तथा सर्जक तिज गित निकाल्न ब्यस्त देखिन्छन । दिनहुुँ दर्जनौ गित बजारमा आएका छन,कति गित करोडौ क्लवमा प्रवेश गरिसके भने कुनै गित प्रबेश गर्ने क्रममा छन ।

 

सामाजिक संजाल भरी तिज गित मात्र देख्न सकिन्छ ।कुनै सर्जक तथा गायकले दुख वेदनाका गित बजारमा ल्याएका छन भने कुनै ले नाचौ नाचौ जस्तो यसै क्रममा शिशिर पौडेलको अभिनयमा “वडा अध्यक्ष ” सार्वजनिक भएको छ ।

लेखनाथ आचार्यको लय शब्द रहेको उक्त गितमा सुनिता बुढा क्षेत्री र आचार्य स्वयमले स्वर दिएका छन ।

राम के.सि ले छायांकन गरेको भिडियोमा शिशिर पौडेल,टीका जैसी र खेम बा गोमा लाई भिडियो मा देख्न सकिन्छ ।

 

बिनोद भण्डारीले निर्देशन गरेको भिडियो कुशल बेल्बासेको युटुब च्यानल बाट बजारमा आएको छ ।

 




Ads