ताजा अपडेटः

आधारभुत स्वास्थ्य परियोजनाको दोस्रो त्रैयमासिक समिक्षा बैठक सम्पन्न

कल्पना खरेल
आधारभुत स्वास्थ्य परियोजनाको दोस्रो त्रैयमासिक समिक्षा बैठक सम्पन्न प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार २२:३८

वसन्त सापकोटा,सुनवल।नवलपरासी फेयमेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मन्चको साझेदारीमा संचालित आधारभूत स्वास्थ्य परियोजनाले सुनवल नगरपालिका अन्तर्गत हाेटेल ओरियनमा नवलपरासी जिल्लाका सातै पालिकामा गरेको आफना कार्यहरुको दाेस्रो त्रैयामासिक समिक्षा बैठक कार्यक्रम गरेको छ।

कार्यक्रममा इन्द्रेणी सामाजिक मन्चका अध्यक्ष श्री कर्दम कुमार श्रेत्रीको अध्यक्षता र फेरयमेड फाउन्डेसन ,नेपाल लुम्बिनी प्रदेश प्रमुख श्री शाशीलाल कर्ण ज्युको प्रमुख अथिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम मा फेयरमेड फाउन्डेसन नेपालको तर्फबाट स्रोत साधन परिचालन विशेषज्ञ श्री तुलसीराम खनाल ,लैगिक तथा अपांगता विशेषज्ञ श्री मन्जु पाण्डे , गुणस्तर तथा अनुगमन प्रमुख श्री बिपिन थापा ,लगायतको उपस्थिति थियो भन्ने ईन्द्रेनी सामाजिक बिकास मन्चको तर्फबाट यस सस्थाकी उपाध्यक्ष श्री साबित्रि पौडेल , काेषा- अध्यक्ष श्री बिमलचन्द्र घिमिरे ,सस्थाका कार्यकारी प्रमुख श्री बद्री प्रसाद सुबेदी र सस्थामा यस परियोजनामा अन्तर्गत कार्यरत सम्पुर्ण कर्मचारीहरुको उपस्थिति थियोे ।

आधारभुत स्वास्थ्य परियोजनाले नवलपरासी जिल्ला यस त्रैयमासिक मा गरेको कार्यक्रमहरुको समग्ररुपमा परियोजना अधिकृत किरण श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो र परियोजनाले अपांगताका क्षेत्रमा यस जिल्लामा गर्दै आएका क्रियाकलापहरुको जानकारी यस परियोजनाका अपाङ्गता समावेशी विकास अधिकृत तबहिद धुनियाले जानकारी गराउनु भयो । साथै आ आफ्नो पालिकामा गरेको काम र उपलब्धिको बारेमा सोही पालिकाका सामाजिक स्वास्थ्य परिचालनलहरुले जानकारी दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णले परियोजनाले उपेक्षित उष्ण प्रदेशिय रोगको बारेमा काम गर्दै आएको र यस परियोजनाले गरेको कार्यले सामाजमा सकारात्मक प्रभाव पारेको बताउनु भयो। साथै आगामी दिनमा परियोजनाले जिल्ला भित्रका अस्पतालहरुमा समेत समन्वय गरि यस्का बारे अस्पतालमा कार्यरत कर्मचारीलाई अभिअमुखीकरण गर्नु पर्ने र अस्पताल हाता भित्र स्वय हेरचाह कर्नल बनाउन पहन गर्नु पर्नेमा जोड दिनु भयो । यसैगरि बोल्दै तुलसीराम खनालले सामजिक परिचालकले “साथ ” कार्यक्रम लाई बिशेष ग्राहेता दिएर गर्नु पर्ने यो कार्यक्रम जति प्रभाविकारी बनाउन सकियो उति राम्रो हुने समेत बताउनु भयो । त्यसै गरि फेयरमेड नेपालकै तर्फबाट बिपिन थापाले परियोजनाले जिल्लामा कष्ठराेग प्रभावितको पहिचान र स्वयं हेरचाहमा धेरै राम्रो कार्य गरेकोमा कार्यरत कर्मचारीलाई विशेष धन्यवाद प्रदान गर्नुभयो।

यस कार्यक्रमको समापन सत्रमा बोल्दै ईन्द्रेनी सामाजिक बिकास मन्चकी उपाध्यक्ष पौडेलले यसले परियोजनले जिल्ला भित्र धेरै राम्रो कार्य गरेको र आफुले पनि परियोजनाको कार्यबारे नजिकबाट बुझने अवसर प्राप्त गरेको कुरा राख्दै कार्यक्रम समापन गर्नु भयो।




Ads