ताजा अपडेटः

बिहादी गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद उद्दार सामग्री वितरण

बिहादी गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद उद्दार सामग्री वितरण प्रकाशित मिति: १२ श्रावण २०७९, बिहीबार १८:११

पर्वत । पर्वतको बिहादी गाउँपालिकाले वर्षायममा हुन्न सक्ने जुनसुकै विपद वा अन्य समयमा हुन्न सक्ने (भुकम्प,बाढी पहिराे, आगलागि नियन्त्रण) का लागि बिहादी गाउँपालिकाले गाउँपालिका भित्र रहेका ४ वटा प्रहरी चौकीलाई विपद उद्दार सम्बन्धि सामाग्री वितरण गरेको छ ।

बिहादी गाउँपालिका १ बाच्छामा रहेको बाच्छा प्रहरी चौकी , बिहादि गाउँपालिका ३ रानीपानीमा रहेको रानीपानी प्रहरी चौकी , वहाकीमा रहेको वहाकी प्रहरी चौकी र सेतिवेणीमा रहेको सेतिवेणी प्रहरी चौकीका प्रहरी प्रमुख तथा तालिम प्राप्त प्रहरीलाई विदप उद्दार सम्बन्धि सामग्री वितरण गरेको हो ।

बिहादी गाउँपालिका अध्यक्ष परविन गुरूङ र बिहादी गाउँपालिका प्रशासकीय अधिकृत धुर्ब दयालले गाउँपालिकाको कार्यलय बाट वितरण गर्नुभएको थियो ।



Ads