ताजा अपडेटः

नवीन परियारको सृजनामा ‘भुरुरु फुरुरु’ सार्वजनिक

नवीन परियारको सृजनामा ‘भुरुरु फुरुरु’ सार्वजनिक प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार २०:१७

बुटवल।हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गएको छ । तिज नजिकिदै गर्दा सर्जक तथा गायक तिज गित बजारमा ल्याउन लागि परेका छन। दिनहुँ बजारमा दर्जनौं गित आएका छन कति गित टेडिङ मा प्रवेश गरिसके भने कति गित प्रबेश गर्ने क्रममा छन ।

यसै क्रममा चर्चित गायिका पुर्णकला विसी र दर्शना तिरुवाको तीज गीत ‘भुरुरु फुरुरु’ तीज बजारमा सार्बजनिक भएको छ ।

चर्चित गायक तथा सर्जक कुलदिप न्यौपानेको लय र नविन परियारको शब्द संकलन रहेको उक्त गित दर्शना तिरुवा अफिसियल यूटुव च्यानल मार्फत बजारमा आएको छ ।

चेली र माईती बिचको माया र सद्भावलाई सुमधुर लयमा शब्द मार्फत उतारिएको गितमा चर्चित मोडल नारायणी खत्री, अस्मिता रणपाल र मनिस परियार लगायत लाई भिडियोमा देख्न सकिन्छ ।

जेरी भण्डारीको निर्देशन गरेको गितलाई भण्डारीले नै छायांकन गरेका छन ।



Ads