ताजा अपडेटः

रुबिना अधिकारिको अभिनयमा “बिन्दु”

रुबिना अधिकारिको अभिनयमा “बिन्दु” प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार १२:५३

बुटवल। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गएको छ । तिज नजिकिदै गर्दा सर्जक तथा गायक तिज गित बजारमा ल्याउन लागि परेका छन। दिनहुँ बजारमा दर्जनौं गित आएका छन कति गित टेडिङ मा प्रवेश गरिसके भने कति गित प्रबेश गर्ने क्रममा छन ।

बजारमा सार्वजनिक भएका तीजका गीतले युटुव, टिकटक लगायतका सामाजिक सञ्जाल तताउन थालेका छन् ।

तिज गित बजारमा ल्याउने क्रममा कसैले दुख पिडाका गित ल्याएका छन भने कसैले दुख पीडा भुलेर नाचम नाचम खाले गित बजारमा आएको छ । यसै क्रममा छोरी जन्मे पछि माईतिघर छोडेर कर्म घर जानू पर्ने नेपाली समाजको समसामयिक तिज गित “बिन्दु”बजारमा आएको छ ।

शिव अखेलिको सृजनामा तथा गणेश पौडेलको लय मा तयार गरिएको उक्त बिन्दु गित लाई रिना के.सि को आवाज रहेको छ ।

तारानाथ आचार्यले निर्देशन गरेको भिडियो लाई गणेश सापकोटाले छायांकन गरेका छन।

DiGiTAL STAR को अफिसियल युटुब च्यानल बाट बजारमा आएको गितमा रुबिना अधिकारी लाई मुख्य भुमिकामा देख्न सकिन्छ भने ,बुद्दी खनाल , संकल्प चापागाईं, प्रेम राज अधिकारी, सुमन के.शि, अनिता पन्त,ममता पौडेल,बिनिता पौडेल, भिडियो मा देख्न सकिन्छ ।



Ads