ताजा अपडेटः

स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

कल्पना खरेल
स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न प्रकाशित मिति: ३ श्रावण २०७९, मंगलवार ०८:१४

वसन्त सापकोटा, सुनवल। नवलपरासी फेयमेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मन्चको साझेदारीमा संचालित आधारभूत स्वास्थ्य परियोजनाले पछिल्लो समयमा सुनवल नगरपालिकामा व्यापक रुपमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ।

परियोजनाले उपेक्षित उष्ण प्रदेशिय रोगको बारेमा काम गर्दै आएको छ। जस अन्तर्गत सुनवल नगरपालिकाको समन्वयमा पालिकामा भित्र रहेका निजि मा.बि बिधायलका स्वास्थ्य शिक्षकहरुलाई सोमनाथ बाबा उ मा.बिको सभाहलमा उपेक्षित उष्ण पा्रदेशिय रोगहरु सम्बन्धित एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ।

कार्यक्रममा दश वटा बिधालयका शिक्षकहरु नगर स्वास्थ्य प्रमुख श्री कृष्ण प्रसाद न्यौपाने साथै शिक्षा शाखा बाट पशुपति भट्टराई लगायतको सहभागी रहेको थियो । कार्यक्रममा प्रशिक्षकका रुपमा स्वााठि स्वास्थ्य चौकी प्रमुख कमला गौतम (सि .अ.हे.ब ) अधिकृत हुनुहुन्थ्यो । शिक्षक बर्गले यस्ता कार्यक्रम आवश्यक रहेको र अगामी दिनमा समेत यस्ता कार्यक्रम गरिदिनु हुन आधारभुत स्वास्थ्य परियोजना सग अनुरोध गर्नुभएको थियो । साथै यस परियोजनाले सामुदायिक बिधालयका स्वास्थ्य शिक्षकलाई यस अघि नै एक दिने अभिमुखकरण कार्यक्रम रमावपुर मा.बिको सभा हलमा गरिकसेको थियो ।

परियोजनाले सुनवल नगरपालिकामा उपेक्षित उष्ण पा्रदेशिय रोगका क्षेत्रमा कार्य गर्दै आएको छ भने नवजात शिशु मातृ स्वास्थ्य ,अपांगता र समग्र स्वास्थ्य क्षेत्रको गुणस्तर बिकासमा कार्य गर्दै आएको छ। उपेक्षित उष्ण पा्रदेशिय रोगबाट अपांगता हुन नपरोस र यस्ता रोगबाट प्रभावितलाई स्वास्थ्य सयन्त्रको पहुँच सम्म पुर्याउन यश परियोजनाले महत्त्वपुर्ण भुमिका बहन गरेको स्थानीय वासिन्दा को भनाई छ।।।




Ads