सुनवल। सुनवल नगरपालीकाले एक कार्यक्रमको आयोजना गरी फोटोकपि,स्कानर सहितको प्रिन्टर मेसिन वितरण गरेको छ ।
नगरप्रमुख विमला अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १३ वटै वडा कार्यालय लाई मेसिन वितरण गरीएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले हामीले भोट माग्नजादा नै यस्ता किसीमको सुविधा दिने प्रतिबद्धता गरेको हुदा सोहि अनुरुप कार्य गर्न लागेको स्पष्ट पार्नुभएको छ । साथै फोटोकपि,स्कानर सहितको प्रिन्टर मेसिन चलाउन सम्पूणर् वडा अध्यक्षले सिक्नुपर्ने बताउदै दिएको मेशिनको सदुपयोग गर्न वडा सचिव र वडा अध्यक्षहरुलाई निर्देशन दिनुभएको थियो ।
त्यसैगरि उपप्रमुख सुर्य प्रसाद दुवेले वडाको काममा आउने सेवाग्राहिको समस्यालाई ध्यानमा राखेर सो कार्य गरेको बताउनु भएको छ । कतिपय वडा कार्यालय पाएक पर्ने ठाउँमा नभएको र नजिक फोटोकपि गर्ने ठाउँको अशुविधा रहेको हुदा सेवाग्राहीलाई सुविधा दिने उदेश्यले सो सेवा दिन लागीएको बताउनुभएको छ । साथै उपप्रमुख दुवेले जनताको मतले जितेर आएको जनप्रतिनिधी भएको हुदा आफ्नो वडामा सेवा लिन आउने सेवाग्राही प्रति सभ्य र सिष्ट भएर प्रस्तुत हुन जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिनुभएको थियो ।
नगरपालीको समाजिक शाखा प्रमुख मोहन ज्ञवालीले संचालन गर्नुभएको कार्यक्रममा सुनवल नगपालीकाको १३ वटै वडाका वडा अध्यक्षहरु,वडा सचिवहरु,कार्यपालीका सदस्यहरु, विभिन्न शाखाका शाखा प्रमुखहरु लगाएतको उपस्थिती रहेको थियो ।