ताजा अपडेटः

सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ प्रकाशित मिति: ३२ असार २०७९, शनिबार १९:४५

धनगढी। कञ्चनपुरमा प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–९ को ख गाउँका सुशील विष्ट, पृथ्वी भाट क्षेत्री, लक्ष्मण सुनार र बीओपी बीचफाँटामा कार्यरत सशस्त्र प्रहरी जवान यमप्रसाद जैशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।

उनीहरुमाथि गत २३ असारमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेको छ । युवतीसँग प्रेम सम्बन्धमा रहेका भनिएका सुशील विष्टले ललाई फकाई  मोटरसाइकलमा राखेर उखुबारीमा लगेको त्यहाँ अन्य तीन जनाले समेत बलात्कार गरेको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई करणीसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिइसकेको छ । अनलाईनखबर



Ads