ताजा अपडेटः

जुवा खेल्दै गरेकाे अवस्थामा ६ जना पक्राउ

जुवा खेल्दै गरेकाे अवस्थामा ६ जना पक्राउ प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार २०:५३

पोखरा।कास्कीमा जुवा खेल्दै गरेकाे अवस्थामा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ८ न्युरोड बस्ने नवीन गौचन, न्युराेड ९ बस्ने साेमत तुलाचन, कबिन तुलाचन, पाेखरा २ अर्चलेका विराट केसी, पाेखरा ११ फुलबारीका अमित गुरुङ र नरकाजी गुरुङ रहेकाे छन् ।

नवीन गौचनको घरमा जुवा/तास खेलिरहेको अबस्थामा कास्की प्रहरीले पक्राउ गरेको हो । उनीहरूकाे साथबाट नगद दुई लाख ५३ हजार पाँच रुपैयाँसहित चार बुक तास बरामद भएकाे कास्कीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले बताउनुभयाे ।

उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेकाे उहाँले जानकारी दिनुभयाे ।



Ads