ताजा अपडेटः

कक्षा १२ को नतिजा भदौ भित्र सार्वजनिक हुने

कल्पना खरेल
कक्षा १२ को नतिजा भदौ भित्र सार्वजनिक  हुने प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार २०:२१

काठमाडौं ।  कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक गर्ने  राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

हाल कक्षा १२ को उत्तरपुस्तिका धमाधम जाँच भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । उनले भने परीक्षा भएको तीन महिनाभित्र निकाल्नुपर्ने भएकाले नियमानुसार नै नतिजा निकालिने छ । ‘म आएदेखि समयभित्रै नतिजा सार्वजनिक गर्दै आएको छु । यो वर्ष पनि हुन्छ । त्यसरी हेर्दा भदौ कट्दैन ।’ परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण केन्द्रमा जम्मा गरेर परीक्षण थालिएको उनको भनाई छ ।

कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको थियो ।




Ads