रुकुम। रुकुम पश्चिमको आठबीसकोटमा चट्याङ लागेर एउटै घरका चार जना घाइते भएका छन् ।
आठबीसकोट नगरपालिका-१० घारीखोलाका गोपाल केसीको घरमा हिजो बेलुका चट्याङ लाग्दा उहाँकी ३२ वर्षीया श्रीमती खिमला, १२ वर्षीय छोरा लक्ष्मण, ६ वर्षीया छोरी पूजामाया र २ वर्षीय छोरा टेकविक्रम केसी घाइते भएका भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
घाइते चारै जनाको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीे जानकारी दिएको छ ।