ताजा अपडेटः

सुनवल ८ मा स्वास्थ्य सस्था सन्चालन तथा ब्यवस्थापन समिती गठन

कल्पना खरेल
सुनवल ८ मा स्वास्थ्य सस्था सन्चालन तथा ब्यवस्थापन समिती गठन प्रकाशित मिति: २२ असार २०७९, बुधबार २३:०४

बसन्त सापकोटा,सुनवल। सुनवल नगरपालिका अन्तर्गत सुनवल स्वास्थ्य चौकी सुनवल ८ ले आज एक कार्यक्रम गरि स्वास्थ्य सस्था सन्चालन तथा ब्यवस्थापन समिती गठन गरेको छ।

वडा नम्बर ८ का वडा अध्यक्ष देउ बहादुर गरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनवल स्वास्थ्य शाखा बाट चुरामणि नेपालले प्रमुख अतिथ्यता गर्नु भएको थियो ।

देउ बहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको छ जसको उपाध्यक्षमा मिरा कुमारी खत्री, सचिब डिल्ली राज पराजुली रहनु भएको छ भने सद्स्यहरुमा रमा पाण्डे , रिता गैरे ,बिष्णुमाया तामाङ , रिता गुरुङ ज्योति प्रसाद श्रेष्ठ र किशोर ,किशोरी को तर्फबाट वडा बाल सन्जाल सुनवल ८ सग एक जना माग गर्ने निर्णय गरिएको छ। भने समितिको सरक्षक नगरप्रमुख बिमला अर्याल रहनु भएको छ ।

गठित समितीका सदस्यहरुले सेवाग्राहीको हितका लागी कार्य गरिने बताएका छ्न। स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न सरोकारवालाले समिति गठन गर्न पटक पटक स्वास्थ्य शाखालाई ताकेता गरेका थियोे जसमा ईन्द्रेणी सामाजिक बिकास मन्च र फेएरमेड फाउन्डेसनको साझेदारिमा संचालित आधारभुत स्वास्थ्य परियोजना पनि एक थियो।                                                                                                                                                                           यस परियोजनाले यो स्वास्थ्य चौकिमा ,तत्कालिन स्वास्थ्य चौकी प्रमुख अर्जुन कुमाललाई ३ दिने उपेक्षित उष्ण पा्रदेशिय रोगहरु सम्बन्धित तालिम , महिला स्वयम् सेबिकालाई २ दिने उपेक्षित उष्ण पा्रदेशिय रोगहरु सम्बन्धित अभिमुखिकरण , महिला स्यम सेबिकालाई उपेक्षित उष्ण पा्रदेशिय रोग सम्बन्धित पुर्न ताजगी , नियमित तथ्याङ्क गुणस्तर परीक्षण ,स्वास्थ्य चौकी भित्ता मा कुष्ठराेग सम्बन्धित जनचेतनामूलक भित्ते लेखन , स्वास्थ्यचौकी मातहतको बैरागनाथमा जनचेतनामुलक कार्यक्रम , असनैया आदर्श क्याम्पसमा स्नातक प्रथम र दोस्रो बर्षमा अध्यानरत विद्यार्थीलाई उपेक्षित उष्ण पा्रदेशिय रोग सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरेको थियो भने अगामी दिनमा सामुदायिक तथ्यांक बाेड (CHSB) छाला शिबिर लगाएतको कार्य गर्ने छ।




Ads