ताजा अपडेटः

सुनवल-११ ले एक कार्यक्रम गरि स्वास्थ्य सस्था ब्यवस्थापन तथा सन्चालन समिती गठन

कल्पना खरेल
सुनवल-११ ले एक कार्यक्रम गरि स्वास्थ्य सस्था ब्यवस्थापन तथा सन्चालन समिती गठन प्रकाशित मिति: १९ असार २०७९, आईतवार १९:००

वसन्त सापकोटा,सुनवल। पश्चिम् नवलपरासीको सुनवल नगरपालिका अन्तर्गत आधारभुत स्वास्थ्य सेवा केन्द्र सुनवल ११ ले आज एक कार्यक्रम गरि स्वास्थ्य सस्था ब्यवस्थापन तथा सन्चालन समिती गठन गरेको छ।

सुनवल ११ का निबर्तमान अध्यक्ष देबिलाल डुम्रेको अध्यक्षता वडा नम्बर ११ का वडा अध्यक्ष कमल प्रसाद चुवाईको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमले कमल प्रसाद चुवाईको अध्यक्षमा ११ सदस्य आधारभुत स्वास्थ्य सेवा केन्द्र सन्चालन तथा ब्यबस्थापन समिती गठन गरेको छ ।
जसको उपाध्यक्षमा तारा सुनार ,सचिब रिता थापा रहनुभएको छ भने सद्स्यहरुमा जमुना पाठक ,जगेलाल पाण्डे ,सुरज पराजुली ,लिला भट्टराई , पुनम बि क ,भावना अर्याल ,राजेश चौधरी लगायत रहनु भएको छ ।

कार्यक्रममा बोल्दै चुवाईले वडा बाट गर्न सकिने कार्यहरुमा वडाले सयोग गर्ने र आगामी दिनमा स्वास्थ्य सस्थाको गुणस्तर सुधारको निमित्त पहल गर्ने साथै विभिन्न सरोकारवाला निकायसग सहकार्य गरेर काम गरिने बताएका छ्न भने निबर्तमान अध्यक्ष डुम्रेले पनि आफुले सकेको र जानेको काम आफू पदमा रहदा सम्म गरेको आगामी दिनमा पनि तन ,मन र धनले सके सम्म सहयोग तथा मार्गनिर्शेन गर्ने बताउनु भयो।

ईन्द्रेणी सामाजिक बिकास मन्च र फेएरमेड फाउन्डेसनको साझेदारिमा संचालित आधारभुत स्वास्थ्य परियोजनाले आधारभुत स्व्ाास्थ्य सेवा केन्द्र सुनवललाई गरेको सहयोगका निम्ति हृदय देखि नै धन्यवाद व्यक्त गर्नु भयो साथै अगामी दिनमा पनि सहयोगको निम्ति विशेष अनुरोध समेत गर्नु भएको छ।




Ads