ताजा अपडेटः

पर्वतको बिहादी गाउँपालिकाद्वारा पहिलोपटक राष्ट्रिय धान दिवस मनायो बिहादीका कृषक उत्साहित

पर्वतको बिहादी गाउँपालिकाद्वारा पहिलोपटक राष्ट्रिय धान दिवस मनायो बिहादीका कृषक उत्साहित प्रकाशित मिति: १५ असार २०७९, बुधबार २३:१५

अमृत भट्टराई, पर्वत ।
देशका विभिन्न ठाउमा जस्तै राष्ट्रिय धान दिवस अर्थात असार १५ दहि चिहुरा खाने दिनको अबसर पारी विहादि गाउँपालिका द्वारा आयोजित प्रथम राष्ट्रिय धान दिवस बिहादी गाउँपालिका वाड न.२ बाराचौर रहेको रमणीय फाँट ( सेरा) मा बाजागाजा सहित असारे १५ मनाइएको छ । कार्यक्रमको ब्यबस्थापन बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर नौनादिमा रहेको नौनादि कृषक समुहले गरेको थियो ।

धान दिवस कार्यक्रमको अध्यक्षता बिहादी गाउँपालिका वडा नम्बर २ बराचौरका वडा अध्यक्ष गणेश शर्मा पौडेल ले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि बिहादी गाउपालिका का अध्यक्ष परबिन गुरुङले गर्नु भएको थियो ,विशिष्ट अतिथिमा बिहादी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिष्णु भुसाल,बिहादी गाउँपालिका कृषि शाखा प्रमुख सागर न्यौपाने,शिक्षा शाखा प्रमुख दिनेस भुसाल, योजना शाखा प्रमुख सागर रेग्मी, नेकपा माओवादी केन्द्रका अध्यक्ष ऋषिराम भुसाल लगायतका जनप्रतिनिधि ,शिक्षक ,राजनीति दलका प्रतिनिधिहरु,साथै बिहादीका विभिन्न ठाउँका कृषकहरु को उपस्थिति रहेको थियोे ।



Ads