ताजा अपडेटः

तालिममा सिकेको ज्ञान र सीपलाई व्यबहारमा उतार्नु पर्छ : अध्यक्ष गुरुङ

तालिममा सिकेको ज्ञान र सीपलाई व्यबहारमा  उतार्नु पर्छ : अध्यक्ष  गुरुङ प्रकाशित मिति: १५ असार २०७९, बुधबार १९:०८

अमृत भट्टराई,पर्वत । पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ४ मा रहेको अग्रगमन सामुदायिक सिकाई केन्द्र को आयोजना मा ३ दिने आय आर्जन का लागि उद्दमशिलता तथा नेतृत्व बिकास तालिम मंगलबार सम्पन्न भएको छ । समापन कार्यक्रमको प्रमुख अतिथि विहादि गाउँपालिकाका अध्यक्ष परविन गुरुङ रहनु भएको थियो ।

 

प्रशिक्षण को लागि प्रमुख प्रशिक्षक भवानी प्रसाद शर्मा, गाउँपालिका पशु शाखा प्रमुख प्रतिमा छनत्याल र लघु उद्दम सहजकर्ता रुबि चौधरी लगायत सहभागी लगाएको उपस्थिति रहेको थियो ।

 

समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गुरुङले भने तालिममा सिकेका ज्ञान र सीप लाई व्यबहार मा उतार्नु अनुरोध गर्नुभयो । ।

 

गुरुङले भने बिहादीका सम्पूर्ण युवावर्गहरू लाई उद्मम सँग जोडी आय आर्जन गर्ने विशेष प्याकेज आर्थिकबर्ष २०७९/८० को निति तथा कार्यक्रममा समावेश भएर छिट्टै कार्यवन हुनसमेत बताउनु भयो।

 

अग्रगमन सामुदायिक सिकाई केन्द्र विहादी -४ ले सामाजिक क्षेत्रमा धेरै काम गर्दै आइरहेको छ ।

 



Ads