ताजा अपडेटः

लगातारको अविरल वर्षाले गर्दा विहादीका विभिन्न ठाउँमा बाढीपहिरो

लगातारको अविरल वर्षाले गर्दा विहादीका विभिन्न ठाउँमा बाढीपहिरो प्रकाशित मिति: १५ असार २०७९, बुधबार ११:१७

अमृत भट्टराई,पर्वत। मंगलबारदेखि लगातार परेको अविरल बर्षाका कारण देशका विभिन्न ठाउँमा कतै बाढीपहिरो त कतै बस्तीनै डुबानमा पर्नुको साथै बाढीले बगाउँदा मोरङमा एक जना बेपत्ता भएका छन् । एता लगातारको बर्षाले विहादी गाउँपालिकाको विभिन्न ठाउँमा पहिरो खसेको छ ।

स्थानीय ऋषिराम भुसालले दिएको जानकारी अनुसार विहादी गाउँपालिका वडा ४ वहाकिको गहते मा सन्तोष भुसाल र चुरामणी भुसाल को घर पहिरोको जोखिममा परेको छ भने स्थानीय पुजा भुसाल को घर गोठ लगातारको बर्षा सँगै आएको पहिरोले गर्दा पुरै क्षति भएको छ।

त्यसैगरि स्थानिय ओमकान्त भुसाल को गोठमा पहिरो ले क्षति पुर्याएको छ यस्तै मनोज भुसालले सञ्चालन गर्दै आएको खाजा घरमा पनि माथी बाट झरेको पहिरो ले घरमा क्षति ।

एता विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङले सबैलाई उच्च साबधानी अपनाएर बस्न आग्रह गर्नु भएको छ ।



Ads