प्रकाश न्यौपाने,परासी। पश्चिम नवलपरासीमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालमा रहेका २३ जना बिरामीलाई आज फलफुल बितरण गरेका छन ।
नेपाल स्वास्थ्य कर्मि संघको ३१ औं स्थापना दिवसको अबसरमा फलफुल बितरण गरिएको स्वस्थ्य कर्मी संघ नवलपरासीका अध्यक्ष बाबुराम तिमिल्सिनाले बताउनु भयो । कार्यक्रममा फलफुल बितरण गर्दै नेपाल स्वास्थ्य कर्मि संघका केन्द्रिय सदस्य एव कार्यक्रमका प्रमुख अतिथि कृष्ण हरि पौडेलले स्वस्थ्य कर्मी संघले विभिन्न समयमा सामाजिक उत्तरदायीत्वमुलक कार्य गर्दै आएको बताउदै उहाले बिरामिहरुलाई शिघ्र स्वस्थ लाभको कामना गर्नु भयो । कार्यक्रममा अस्पतालका मेडेकल सुपरिटेन्डेन्ट डाक्टर मोहमद नुरुल होदा र स्वस्थ्य कर्मी संघका जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपस्तिथि रहेको थियो ।