ताजा अपडेटः

आधारभूत स्वास्थ्य परियोजनाको सुनवलमा जनचेतनामुलक कार्यक्रम सम्पन्न

कल्पना खरेल
आधारभूत स्वास्थ्य परियोजनाको सुनवलमा जनचेतनामुलक कार्यक्रम सम्पन्न प्रकाशित मिति: २० जेष्ठ २०७९, शुक्रबार २१:१६

सुनवल। इन्द्रेणी सामाजिक बिकास मन्च र फेयमेड फाउन्डेसन नेपालको साझेदारीमा संचालित आधारभूत स्वास्थ्य परियोजनाले पछिल्लो समयमा सुनवल नगरपालिकामा व्यापक रुपमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ।

परियोजनाले उपेक्षित उष्ण प्रदेशिय रोगको बारेमा काम गर्दै आएको छ। जस अन्तर्गत महाकबी देवकोटामा माध्यमिक बिधालयमा कक्षा १० मा अध्यनरत बिद्यार्थीलाई र वाक्वााणि माध्यमिक बिधालयमा उपेक्षित उष्ण पा्रदेशिय रोगहरु सम्बन्धित जनचेतनामुलुक कार्यक्रम सम्पन्न गरेको छ।


कार्यक्रममा सहभागी बिद्यार्थी तथा शिक्षक बर्गले यस्ता कार्यक्रम आवश्यक रहेको र अगामी दिनमा समेत यस्ता कार्यक्रम गरिदिनु हुन आधारभुत स्वास्थ्य परियोजना सग अनुरोध गर्नुभएको थियो ।

परियोजनाले नवजात शिशु मातृ स्वास्थ्य ,अपांगता र समग्र स्वास्थ्य क्षेत्रको गुणस्तर बिकासमा कार्य गर्दै आएको छ। उपेक्षित उष्ण पा्रदेशिय रोगबाट अपांगता हुन नपरोस र यस्ता रोगबाट प्रभावितलाई स्वास्थ्यको पहुँच सम्म पुर्याउन यस परियोजनाले महत्त्वपुर्ण भुमिका बहन गरेको स्थानीय वासिन्दा को भनाई छ।




Ads