ताजा अपडेटः

प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा

कल्पना खरेल
प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा प्रकाशित मिति: ११ बैशाख २०८२, बिहीबार १४:५२

नवलपरासी पश्चिम , बैशाख ११ गते । १२ करोडको लागतमा निर्माणाधिन नवलपरासी पश्चित स्थित प्रतापपुर गाउँपालिकाको सुविधा सम्पन्न प्रमुख प्रशासकिय भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
यसै आर्थिक वर्षको जेष्ठ महिनाभित्र आफ्‌नै प्रशासनिक भवनमा सर्ने लक्ष्य सहित अहिले भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको प्रतापपुर गाउँपालिकाको अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । साविक प्रतापपुर गाविसलाई गाउँपालिकको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नुपर्ने नितिगत बाध्यताका कारण विगतका वर्षहरुमा भवन निर्माण हुन सकेको थिएन ।
त्यसैले सरकारले तोकेको सबै नितिगत बाध्यतालाई व्यवस्थापन गरी अब भवन निर्माणकार्य सम्पन्न गर्न लागिएको गाउँपालिकाले जनाएको छ । मापदण्ड र निति अनुसार नै नजिकै रहेको प्रतापपुर स्वास्थ्य चौकी भवन क्षेत्रको जग्गामा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गरिएको हो । अघिल्लो कार्यकालदेखि प्रशासनिक भवन बनाउन नसक्दा हालसम्म दुई वटा भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको थियो ।
जसलेगर्दा हालसम्म सेवा लिन आउने सेवाग्राहि आवश्यक फाइल बोकेर एउटा भवनबाट अर्को भवनमा जानुपर्ने समस्या छ । प्रशासनिक भवनको निर्माण सगैँ लामो समयदेखि जनतालाई सेवा प्रवाह गर्न भइरहेको कठिनाईएको अन्त्य हुने समेत अध्यक्ष यादवले बताउनुभयो ।
गाउँपालिकाको प्रशासनिक भवन यो क्षेत्रको विकाशको मुख्य पूर्वाधान मानेर आफु निर्वाचित भएपछि प्राथमितामा राखेर निर्माण गरिएको उहाँको भनाई छ । करिब ९ कठ्ठा जग्गामा फैलिएको गाउँपालिकाको प्रशासनिक भवन अपाङ्गमैत्री समेत रहको छ ।




Ads