सुनवल , वैशाख ५ गते । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनवल नगर कमिटी द्वारा आधारभूत तह कक्षा ८ परीक्षा २०८१ मा सर्वाेत्कृष्ट ४ जिपिए अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएकाे छ ।
शुक्रबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनवल नगर कमिटीका अध्यक्ष ज्ञानहरी अर्यालकाे अध्यक्षता एवम् वडा नम्बर १३ का वडा अध्यक्ष कृष्णप्रसाद वगालेकाे प्रमुख आतिथ्यतामा उक्त सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा ७ जना सामुदायिक विद्यालयका र २ जना संस्थागत विद्यालयका गरी ९ जना सर्वाेत्कृष्ट ४ जिपिए अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएकाे थियाे ।
जसअन्तर्गत ४ जिपिए ल्याउने सामुदायिक विद्यालयमा जगन्नाथ माध्यामिक विद्यालय भुमहिबाट माल्भिका घिमिरे क्षेत्री ,उज्वल च्वाईँ र उत्सव सुवेदी , धान्यांचल मावि बडेेेराबाट सिजन न्याैपाने, रमवापुर माविबाट जिविका चाैधरी ,महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयबाट नाजमिन करीम र जनता आधारभूत विद्यालय हरकट्टाबाट विदुर भण्डारी रहेका छन् ।
त्यस्तै संस्थागत विद्यालयबाट सुनवल यूनाइटेड बाेर्डिङ स्कुलका विनिता वर्मा र रामनगर एकेडेमीका शिला भण्डारी रहेका छन् ।
सर्वाेत्कृष्ट ४ जिपिए अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई खादा माला , डायरी र केहीँ नगदले सम्मान गरिएकाे हाे । साेहिँ क्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर १३ का वडा अध्यक्ष कृष्णप्रसाद वगालेले शिक्षाकाे विकाश बिना समग्र देशकाे विकास संभव नभएकाे बताउनुभयाे ।उहाँले शिक्षामा सरकारकाे लगानी , नगरकाे लगानी र वडाबाट पनि प्रयाप्त लगानी रहेकाेले भाैतीक सुविधासम्पन्न रहेकाे सामुदायिक विद्यालयमा अब शिक्षामा गुणस्तर आवश्यक रहेकाे बताउनुभयाे । त्यसैगरी साेहि क्रममम बाेल्दै वडा नम्बर ११ का वडा अध्यक्ष कमल चुवाईले शिक्षक , अभिभाव र विद्यालय मिलेन शिक्षा सुधार्न आग्रह गर्नुभयाे ।
वडेरा सामुदायिक वनका अध्यक्ष मदन पन्तले अबकाे आवश्यकता सिपमुल शिक्षा र प्रविधि मुलक शिक्षा रहेकाेले त्यसतर्फ विचाराधीन रहन शिक्षक र व्यवस्थापन समितिलाई सुझाब दिनुभयाे ।
उता अभिभावक रविन सुवेदीले विद्यालयले विद्यालाई पढाई सङ्गसगैँ संस्कार, संस्कृति र अनुशाशीत राख्न आग्रर गर्नुभयाे । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनवल नगर कमिटीका सचिव दिपक रानाकाे संचालन र सदस्य इश्वर रानाकाे स्वागत रहेकाे कार्यक्रममा नगर शिक्षा उपसमिति सदस्य गंगा बहादुर राना, धान्यांचल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माेतिप्रसाद तिवारी ,सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ प्रदेश उपाध्यक्ष सूर्य न्याैपाने लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।