ताजा अपडेटः

नेकपा माओवादीका केन्द्रीय अध्यक्ष प्रचण्ड भाेलि वैशाख ३ गते परासी आउने

कल्पना खरेल
नेकपा माओवादीका केन्द्रीय अध्यक्ष प्रचण्ड भाेलि वैशाख ३ गते परासी आउने प्रकाशित मिति: २ बैशाख २०८२, मंगलवार १४:००

नवलपरासी पश्चिम वैशाख २ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाेलि वैशाख ३ गते नवलपरासी पश्चिम आउनुहुने भएको छ ।
पार्टीले सञ्चालन गरिरहेको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान अन्तर्गत भाेलि नवलपरासी आउने कार्यक्रम रहेकाे नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज भविश्वर तिवारी आजादले जानकारी दिनुभयो ।
भाेलिकाे कार्यक्रम अन्तर्गत बिहान १० बजे प्रतापपुरको बेलाटारी र दिउँसो २ बजे पाल्हीनन्दनको बेलाशपुरमा पार्टीले आयोजना गर्ने सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने कार्यक्रम रहेकाे छ ।
भने सोही दिन नै दिउँसो ४ बजे सदरमुकाम परासीस्थित परासी क्याम्पसमा अध्यक्ष प्रचण्डको सहभागितामा जिल्लाका उद्योगी, व्यवसायी, बुद्धिजीवी ,समाजसेवी,नागरिक समाज , पत्रकार, लगायतसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएकाे छ ।
२०८१ फागुन १२ गतेदेखि शुरु भएको तराई मधेस जागरण अभियानले जनतासगँ पार्टीलाई जोड्न काम गरिरहेको नेकपा केन्द्रका जिल्ला इन्चार्ज भविश्वर तिवारीले जानकारी दिनुभयाे । कोशी प्रदेशको झापाबाट शुरू भएको याे अभियान सुदूरपश्चिमको कञ्चनपुरमा पुगेर टुङ्ग्याउने नेकपा माओवादीको तयारी छ ।




Ads