२४ फागुन , नवलपरासी । अखिल नेपाल महिला संघ, नवलपरासीले आज सनिवार पृथ्वी-चन्द्र अस्पताल परासीका विरामीलाई खाजा वितरण तथा अस्पताल परिसरमा सरसफाई गरेकाे छ ।
११५ ओैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसर पारी अ.ने.म संघले विरामीलाई खाजा वितरण तथा सरसफाई कार्यक्रम गरेकाे हाे ।
अ.ने.म संघ नवलपरासीकाे अध्यक्ष दया दर्लामीकाे अध्यक्षता तथा अनेम संघ केन्द्रीय कमिटिकाे सदस्य सरिता पाैडेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा ३० जना विरामीलाई खाजा वितरण गरिएकाे अनेम संघ नवलपरासीकाे जिल्ला सचिव भागिरथी पाण्डेले बताउनुभयाे।
साे कार्यक्रममा अ.ने.म संघ प्रदेश कमिटी सचिवालय सदस्य धनमाया क्षेत्री , अ.ने.म संघ सुनवल नगर कमिटि इन्चार्ज सीता भण्डारी, लगाएत अनेम संघ जिल्ला कमिटीका ७५ जनाकाे सहभागीता रहेकाे थियाे ।
११५ ओैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे नारा “सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण ” भन्ने रहेकाे छ ।