२२ माघ, नवलपरासी । राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत एच. पि.भी. ( पाठेघरकाे मुखकाे क्यान्सर विरूद्व ) खाेप अभियान २०८१ माघ २२ अर्थात आजबाट देशैभर सुरू भएकाे छ।
जसअन्तर्गत सुनवल नगरपालिकामा भने सुनवल ४ स्थित देवकोटा माविमाका कक्षा ६ देखि कक्षा १० सम्मका किशोरीहरूलाई एच.पि.भी. खाेप लगाई याे अभियान सुरू गरिएकाे हाे ।
३३४० लक्ष्यित किशोरीहररू रहेकाे सुनवल नगरपालिकामा आज पहिलाे दिन १३ वटा खाेप केन्द्रबाट जम्मा १४५३ किशोरीलाई एच.पि.भी. खाेप लगाइएको सुनवल नगरपालिकाका स्वास्थ शाखाका सिनियर अहेब चुडामणि नेपालले बताउनुभयो ।
खोपका लागि ३९ जना स्वास्थ्यकर्मी, ५६ जना स्वयंसेवक परिचालन गरिएकाे छ भने १३ वटै वडा अन्तर्गत ३६ वटा खोपकेन्द्र संचालनमा ल्याइएकाे छ ।
एक खाेपकेन्द्रमा कुनैकारण बस खाेप लगाउन छुटेमा नजिककाे अर्काे खाेप केन्द्रबाट पनि एच.पि.भी. खाेप लगाउन सकिनेछ ।
त्यस्तै अभियानकाे अन्तिम दिन पाएकपर्ने स्वास्थ संस्थाबाट पनि याे खाेप लगाइने छ ।
विद्यालय नजाने किशोरीकाे हकमा भने १० बर्षदेखि १४ बर्षसम्म किशोरीहरूले उमेर खुल्ने प्रमाणपत्र लिएर खाेप लगाउन सक्नेछन् ।
सोहि क्रममा बोल्दै नगरप्रमुख विमला अर्यालले लक्ष्यित समूह कुनैपनि नछुटाउन सबैलाई आग्रह गर्नुभयो ।