ताजा अपडेटः

तेस्राे स्मृति कप : अलपत्र गाईज सेमिफाइनलमा प्रवेश 

कल्पना खरेल
तेस्राे स्मृति कप : अलपत्र गाईज सेमिफाइनलमा प्रवेश  प्रकाशित मिति: २० माघ २०८१, आईतवार १९:२५

२० माघ, नवलपरासी । तेस्रो स्मृति कप नकआउट ( ९ ए साइड ) फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार भएकाे  खेलमा अलपत्र गाईज ( वनकट्टी ) विजयी भएकाे छ ।
सुनवल ३ किर्तिपुर २ खेलमैदानमा जारी दाेस्राे क्वाटरफाइनल  खेलमा 35 FC सुनवललाई शुन्यका विरूद्व १ गाेल गर्दै अलपत्र गाईज ( वनकट्टी ) विजयी भएकाे हाे ।
आजको खेलमा अलपत्र गाइजका जर्सी नंबर ८ का निर बहादुर थापा  म्यान अफ द म्याच घाेषित भएका छन्  । भाेलिकाे तेस्राे क्वाटरफाइनल खेल विग बुद्व भुपु र जेनिथ किर्तिपुर १ बिच हुनेछ ।




Ads