माघ १७ , नवलपरासी । पश्चिम नवलपरासीकाे रामग्राम न.पा. १२ पचगाँवामा आज राति ८ बजे लागू ओैषध नियन्त्रणमा लिने क्रममा गाेली चल्दा मानिस घाइते भएका छन् ।
बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट प्र.ना.नि. सागर भट्टराईको कमाण्डमा खटिएको ५ जनाको टोलीले साेहि ठाउँका ५२ वर्षिय राजेश लोनियाको घरमा छापा मारेकाे थियाे ।
छापा मार्दा प्रहरीले ९३ पुरिया (ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ) लागुओैषध फेला पारेकाे छ । प्रहरीले लागुओैषध सहित मानिस नियन्त्रणमा लिन खाेज्दा प्रहरी माथि नै आक्रमण गरेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।
लाेनियाले प्रहरीको साथमा रहेको पेस्तोल समेत खोसेर भाग्न खोज्दा प्रहरीले उक्त पेस्तोलबाट ४ राउण्ड गोली प्रहार गरेकाे थियाे । उक्त फाएर राउण्ड मध्ये १ राउण्ड राजेश लोनियाको बायाँ साप्रामा लागी घाईते भएका छन् ।
उनलाई नियन्त्रणमा लिई प्रहरीकै गाडीमा राखेर उपचारको लागी जिल्ला अस्पताल परासी पठाईएकोमा अवस्था मध्यम रहेकाे छ। उक्त लागु औषध किनबेचमा संलग्न रहेका अर्का १ ब्यक्ति भने फरार रहेकाेले खाेजिकार्य जारी रहेकाे डिएसपी बाेहराकाे भनाई छ ।