१४ माघ, नवलपरासी । वडा नं. ७ काे वडा कार्यालयलाई आज एक विज्ञप्ति जारी गरि सार्वजनिक जग्गा संरक्षण गर्न सुनवल नगरपालिकाले निर्देशन दिएकाे छ ।
वडा नं ७ स्थित जनजागृत आधारभूत विद्यालय परिसरकाे सार्वजनिक जग्गा अतिक्रमण गरि धमाधम घर, टहरा निर्माण गरिरहेको भन्ने गुनासाे आएपश्चात साे सार्वजनिक जंगा संरक्षण गर्ने नगरपालिकाले निर्देशन दिएकाे हाे ।
आजै मात्र देवदह ताल क्षेत्र वरपर बस्ने स्थानीयहरू द्वारा विद्यालयकाे जंगामा घर टहरा निर्माण गरेको भन्दै अतिक्रमण राेकिनुपर्ने मागसहित पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय सहित ६३ जनाले नगर प्रमुख विमला अर्याल समक्ष ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा सार्वजनिक जग्गा संरक्षण गर्न र अतिक्रमणकारीलाई कारवाहि गर्न माग गरिएकाे छ ।
नगरप्रमुखद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनस्तरबाटै विराेध भएकाेले सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानिय सरकारकाे भएकाे भन्दै त्यस्तो कार्य तत्काल रोकी २४ घण्टाभित्र नगरपालिकालाई जानकारी गराउन वडा सम्बन्धित वडा कार्यालयलाई निर्देशन दिइएकाे हाे ।