माघ १४, नवलपरासी । सुनवल नगरपालिका आधारभूत स्वास्थ सेवा केन्द्र वडा नम्बर ४ द्वारा पाठेघरकाे मुखकाे क्यान्सर राेग बिरूद्व एच. पि. भि. खाेप सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गरिएकाे छ ।
वडा खाेप समन्वय समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीकाे अध्यक्षतामा आज साेमबार वडा स्तरीय खाेप समन्वय समिति तथा सराेकारवालाहरूलाई उक्त एच. पि. भि. खाेप सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन भएकाे हाे ।
आधारभूत स्वास्थ सेवा केन्द्र ४ का प्रमुख भाेजेन्द्र पाैडेलकाे स्वागत तथा अनमी विमला पासीकाे संचालन रहेकाे कार्यक्रममा
सुनवल नगरपालिका स्वास्थ शाखाका सिनियर अहेब अधिकृत चुणामणि नेपालले सहजिकरण गर्नुभएकाे थियाे ।
उहाँले देशैभर अभियानकै रूपमा संचालन गरिएकाे एच.पि.भि.खाेप सुनवल नगरपालिकामा यहीँ माघकाे २२ गतेदेखि २८ गतेसम्म संचालन हुने जानकारी दिनुभयाे ।
११ गतेदेखि १५ गतेसम्म वडा स्तरीय खाेप समन्वय समितिलाई अभिमुखिकरण गर्ने लक्ष्य सहित सुरू भएकाे अभिमुखीकरण कार्यक्रमकाे लक्ष्य भनेकै लक्ष्यित समुहका कुनैपनि किशोरीहरू नछुटन भन्ने रहेकाे उहाँको भनाई छ ।
याे खाेप कक्षा ६ देखि कक्षा १० सम्मका छात्रा र विद्यालय नजानेकाे हकमा १० बर्षदेखि १४ बर्षसम्मका बालिकालाई लगाइने छ ।
जस अन्तर्गत विद्यालयमा अध्ययन गर्ने ३३१७ छात्रा र अध्ययन नगर्ने २३ जना किशोरी गरी जम्मा ३३४० जनाले एच.पि.भी. खोप लिने सुनवल नगरपालिकाको लक्ष्य रहेको छ ।
खोपका लागि ३९ जना स्वास्थ्यकर्मी, ५६ जना स्वयंसेवक परिचालन गरिनेछ भने १३ वटै वडा अन्तर्गत ३६ वटा खोपकेन्द्र संचालन गरीनेछन् ।

सिनियर अहेब अधिकृत चुणामणि नेपालका अनुसार अहिले नियमित र अभियान दुवै रूपमा संचालन हुने र आर्थिक बर्ष २०८२ देखि अभियानकै रूपमा फागुन महिनामा याे खाेप लगाइने छ ।