ताजा अपडेटः

समावेशी कृषि सहकारी संस्था लि.काे चाैथाे साधारणसभा सम्पन्न

कल्पना खरेल
समावेशी कृषि सहकारी संस्था लि.काे चाैथाे साधारणसभा सम्पन्न प्रकाशित मिति: ३० मंसिर २०८१, आईतवार १८:०२

मंसिर ३०, नवलपरासी । समावेशी कृषि सहकारी संस्था लि.सुनवल २ खाड्सारी पश्चिम  नवलपरासीकाे  चाैथाे साधारणसभा  आज आइतबार सम्पन्न भएकाे छ ।
” दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी ” भन्ने मुल नाराका साथ संस्थाकाे अध्यक्ष धनमाया गाैतम क्षेत्रीकाे अध्यक्षता तथा सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले यस कृषि सहकारी संस्थाले आलु मिसन कार्यक्रम, पशुपालन र कृषि तालिम, एक दिने नि:शुल्क आँखा शिविर जस्ता कृषि र सामाजिक क्षेत्रमा गर्दै आएकाे कामप्रति सम्मान व्यक्त गर्नुभयाे ।
उहाँले यहाँका अधिकतम स्थानीयबासी कृषिमा निर्भर रहेकाेले अन्य वडा भन्दा यस वडालाई  कृषिका लागि बढि बजेट विनियोजन गरिएकाे भन्दै, व्यवसायी तरिकाले लाग्न आग्रह गर्नुभयाे ।
अध्यक्षकाे प्रतिबेदन प्रस्तुत गर्दै संस्थाकाे अध्यक्ष धनमाया गाैतक क्षेत्रीले  यस संस्थाले आफ्ना शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सस्ताे तथा सहुलियत दरमा कृषि यन्त्र संचालन गरि कम लगानीमा कृषि उत्पादन गरेर कृषकलाई राहत दिने काम गरेकाे बताउनुभयाे ।
उहाँले सेयर सदस्यलाई मल तथा विउबिजनहरू सहज तरिकाले उपलब्ध गराउने , कृषि कार्यक्रमका लागि शुलभ ऋण प्रदान गर्ने,कृषि अभिमुखिकरण तालिम दिने जस्ता कामहरू संस्थाले गर्दै आएकाे जानकारी दिनुभयाे ।
संस्थाकाे काेषाध्यक्ष महेन्द्र धनिकारले आर्थिक वर्ष २०८०/०८१ काे संस्थाकाे आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी रू. २ लाख ६६ हजार ८ सय , निक्षेप रू. १५ लाख ४४ हजार १७ ,कुल सम्पत्ति रू. ७९ लाख ७२ हजार ८ सय २८ , ऋण लगानी  रू. १२ लाख १३ हजार ८ सय १ रहेकाे बताउनुभयाे ।
उहाँले संस्थाकाे रू ४ लाख १४ हजार २ सय ४ शुद्व नाफा रहेकाे समेत जानकारी दिनुभयाे । कार्यक्रममा लेखा संयाेजक नन्द किशोर यादवले लेखा समितिकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।
संस्थाकाे सचिव प्रहलाद पासीकाे संचालन र सदस्य विष्णु प्रसाद न्याैपानेकाे स्वागत रहेकाे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पाैडेल,वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र यादव, हरि ओम बहुउदेश्यीय सहकारी संस्थाकाे अध्यक्ष रनबहादुर क्षेत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा जेष्ठ सेयर सदस्यहरूलाई सम्मान समेत गरिएकाे थियाे ।




Ads