मंसिर २९, नवलपरासी । श्री रामनगर महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्था लि. सुनवल १२ , भुमहि पश्चिम नवलपरासीको १७ ओै वार्षिक साधारणसभा आज सनिवार सम्पन्न भएकाे छ ।
” बचत गराै सुखले बाचाै ” भन्ने मूल नारा सहित संस्थाकाे अध्यक्ष लक्ष्मी देवी ढकालकाे अध्यक्षता तथा सुनवल नगरपालिकाकाे नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकाे अध्यक्ष लक्ष्मी देवी ढकालले छरिएर रहेको पूजीलाई संकलन गरेर उत्पादन मूलक क्षेत्रमा लगानी गर्नु, आत्मनिर्भरता र स्वावलम्बनको लागि संस्थागत प्रयास गर्नु, उद्यमशीलताको विकास गर्नु, सस्तो, सुलभ र सरल तरिकाले कर्जा प्रवाह गरी लघु उद्यम कृषि, व्यापार व्यवसाय आदि क्षेत्रमा परनिर्भरता हटाउन संस्थागत पहल गर्नु जस्ता उद्देश्य लिएर संस्थाको स्थापना गरिएकाे बताउनुभयाे ।
काेषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्दै काेषाध्यक्ष शान्ता बस्याल भट्टराईले आर्थिक वर्ष २०८०/०८१ काे शेयर पुँजी २२ लाख ३ हजार ६ स छयासी, निक्षेप पुजीँ ३ कराेड ३८ लाख ३७ हजार ८ सय ८६ र ४ कराेड २१ लाख ८७ हजार २ सय ७५ बराबरकाे आर्थिक काराेबार रहेकाे जानकारी दिनुभयाे ।
त्यसैगरी लेखा समितिकाे प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिकाे संयाेजक गंगा भण्डारी न्याैपानेले आर्थिक बर्ष २०८०/ ०८१ मा यश संस्थाले रू. ३ कराेड ३२ लाख ७० हजार ८ सय १२ लगानी रहेकाे बताउदै कूल १५ लाख २९ हजार १ सय ३० शुद्व नाफा रहेकाे जानकारी दिनुभयाे ।
सचिबकाे प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकाे सचिव अस्मिता पाैडेल पराजुलीले हालसम्म सदस्य संख्या ६२५ रहेकाे भन्दै आर्थिक बर्ष २०८१/ ०८२ काे कार्ययोजना प्रस्तुत गर्नुभयाे ।
सचिव अस्मिता पाैडेलकाे संचालन रहेकाे कार्यक्रममा नगरप्रमुख विमला अर्याल, कार्यपालिका सदस्य भगवती बस्याल, सल्लाहकार हुमा न्याैपाने ,राधिका भट्टराई , संस्थापक अध्यक्ष भगवती भण्डारी , निवर्तमान अध्यक्ष सरस्वती सुवेदी सेयर सदस्य दुर्गा भुर्तेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा जेष्ठ सेयर सदस्य र सहकारीमा लामाे समय काम गर्नुभएका व्यक्तित्वहरूलाई सम्मान सहित मायाकाे चिनाे वितरण गरिएकाे थियाे ।