ताजा अपडेटः

बर्दघाटको प्रमुख श्रेष्ठ र उपप्रमुखमा उपाध्याय बिजयी

कल्पना खरेल
बर्दघाटको प्रमुख श्रेष्ठ र उपप्रमुखमा उपाध्याय बिजयी प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहीबार २१:४०

प्रकाश न्यौपाने,नवलपरासी ।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका गठबन्धन उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्र प्रकाश उपाध्याय विजयी हुनु भएको छ ।

निर्वाचित मेयर श्रेष्ठले एमालेका मेयर पदका उम्मेदवार धीरज शर्मा बस्याललाई ५हजार १ सय ६३ मतको फराकिलो मतान्तरले पराजित गर्नु भयो । श्रेष्ठले १८ हजार ४ सय ८९ मत ल्याउँदा शर्माले १३ हजार ३ सय २७ मत ल्याउनु भएको छ ।

नेकपा एमालेले उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार तारा रानालाई उठाएको थियो । उहालाई ७ सय ८५ मतान्तरले पराजित गर्दै एकीकृत माओवादीका रुद्र प्रकाश उपाध्याय विजयी हुनु भयो । उपाध्यायको १४ हजार ५ सय ९५ र रानाको १३ हजार ८ सय १० मत रहेको छ ।

१६ वडा रहेको नगरपालिकामा २ वडा एमालेले, नेपाली कांग्रेसले ११, र नेकपा एस, माओवादी केन्द्र र स्वतन्त्रले १\१ वडामा बिजयी भएका छन । निर्वाचित वडाध्यक्षमा वडा नं. १ मा सन्दिप सापकोटा, वडा नं. २ मा गणेशबहादुर क्षेत्री, वडा नं. ३ मा प्रकाशचन्द्र अधिकारी, वडा नं. ४ मा वेधविना तिवारी, वडा नं. ५ मा विमला गुरुङ, वडा नं. ६ मा रोहित थारु छन्। त्यतै वडा नं. ७ मा धु्व्र थारु, वडा नं. ८ मा कविराज आचार्य, वडा नं. ९ मा चन्द्रकान्त चापागाई, वडा नं. १० मा राजु मिश्र, वडा नं. ११ मा फडेन्द्र चौधरी, वडा नं. १२ मा उमाशंकर चौधरी, वडा नं. १३ मा नरबहादुर चौधरी, वडा नं. १४ मा सन्तुबहादुर गाहा, वडा नं. १५ मा रुद्र आले र वडा नं. १६ मा भीमकाजी गुरुङ वडाध्यक्षमा विजयी हुनु भएको छ ।




Ads