ताजा अपडेटः

नवलपरासीमा सडक पुर्वधार विकास कार्यालय सुभारम्भ सगैँ स्थानीय सरकार हर्षित

कल्पना खरेल
नवलपरासीमा सडक पुर्वधार विकास कार्यालय सुभारम्भ सगैँ स्थानीय सरकार हर्षित प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार १९:२५

कार्तिक २६, नवलपरासी । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पश्चिम नवलपरासीमा सडक पुर्वधार विकास कार्यालय सुभारम्भ गरेको छ।  कार्यालय जिल्ला समन्वयन समितिको नवनिर्मित भवनमा आज सोमबार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिस्वर ढकालले उद्घाटन गर्नुभएकाे हाे ।
साेहि कार्यक्रममा बोल्दै मन्त्री ढकालले जिल्लामा कार्यालय स्थापना सगै ढिलासुस्ती भएका , बन्ने क्रममा रहेका र याेजनामा परेका सबै सडक , पुलले निर्माण कार्यमा तिव्रता पाउने बताउनुभयाे ।
उहाँले जनताले  पूर्वाधार विकाशकाे महसुस गर्ने गरि कामलाई अगाडि बढाउन सडक पुर्वधार विकास कार्यालय लागि पर्ने भन्दै सहकार्य गर्न र मिलेर जान जिल्लाका सातै स्थानीय तहलाई आग्रह गर्नुभयाे ।
उता स्थानीय सरकारका नगरप्रमुख , उपप्रमुख ,गाउँपालिका अध्यक्ष लगाएतले बाेल्दै संघिय सरकार र प्रदेश सरकार मातहतका सडक र पुलहरू समयमै निर्माण नहुदा जनताकाे गाली र आक्राेस सबै स्थानिय सरकारले बेराेर्नुपर्ने बाध्यता यस कार्यालयकाे सुभारम्भ सगैँ अन्त्य हुनेमा आशावादी रहेकाे धारणा राखेका थिए ।
हिजाेकाे दिनमा भौतिक पूर्वाधार निर्माणकाे क्षेत्रमा भैरहवाबाट काम भइरहेकाेमा अबदेखि आफ्नै जिल्लामा कार्यालय स्थापना भएपछि विकास निर्माणले गति पाउनेमा स्थानीयबासी समेत आशावादी  देखिएका छन् ।
लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १२ वटै जिल्लामा कार्यलय स्थापना गरेकाे छ ।  हाल  जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह रहेका छन् ।
कार्यक्रमा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सन्तु कलवार, पूर्व पर्यटन मन्त्री खड्ग बस्नेत, प्रदेश सांसद बैजनाथ जैसवाल,मन्त्रालयका सचीव भिमार्जुन आचार्य, जिल्ला समन्वय प्रमुख भगउती प्रसाद यादव , रामग्राम नगरपालिका प्रमुख धनपत  यादव , उपप्रमुख सम्झना चाैधरी,,प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, सरावल गाउँपालिका अध्यक्ष सुखाडि चाैधरी,,बर्दघाट नगरपालिका उपप्रमुख लगायतको उपस्थिति रहेको थियो।




Ads