कार्तिक २१, नवलपरासी । देउसी भैलाे खेल्नेमाथि केहि बिवाद पश्चात् खुकुरी प्रहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पश्चिम नवलपरासीको सुनवल १२ भुमहि स्थित जे.एस.गुल्मी सुनचाँदी पसल अगाडी यहीँ कात्तिक १९ गते साेमबार राती अन्दाजी साढे ११ बजे देउँसी भैलाे खेल्ने स्थानीय माथि खुकुरी प्रहार भएकाे थियाे ।
स्थानीयले देउँसी भैलो खेलिरहेको स्थानमा उच्छृङ्खल केटाहरु मोटरसाइकलमा धारिलो हतियार (खुकुरी) समेत लिई आई देउँसी भैलाे खेल्ने सगँ विवाद गरी खुकुरी प्रहार गरेका थिए । जसबाट दुई जनालाई घाइते भएका थिए ।
घाइतेलाई बुटवल हस्पिटल प्रा.लि. पठाई प्रहरीले अनुसन्धानको क्रममा घटनामा संलग्न सुनवल नगरपालिका वडा नं.३ किर्तिपुर बस्ने वर्ष २३ को अभिषेक गुरुङ , वर्ष २६ को बिसन गुरुङ र वर्ष २८ को अमित गुरुङलाई पक्राउ गरेकाे हाे ।
घटना घटाई बुटवलतर्फ भागेकाे सुचना पश्चात् इलाका प्रहरी कार्यालय बुटवलसँग समन्वय गरी रुपन्देहीकाे बुटवल उप-महानगरपालिका वडा नं.९ ईट्टाभट्टीबाट उनीहरूलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।
उनीहरूलाई आजै ज्यान सम्बन्धि कसूर (ज्यान मार्ने उद्योग ) मुद्दा दर्ता गरि नवलपरासी जिल्ला अदालतबाट ७ (सात) दिनकाे म्याद थप गरि अनुसन्धान कार्य समेत भइरहेकाे डिएसपी बाेहराकाे भनाई छ ।
प्रहरीले लु ९६ प ९०६२ नं.को माेटरसाईकल र खुकुरी थान १ बरामद गरेकाे छ ।