कात्तिक २,काठमाण्डाै – आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आक्रोश व्यक्त गर्नुभएको छ ।
पक्राउ पुर्जी जारी भएको केहीबेरमै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले नयाँ पुस्तालाई एक–एक गरेर सक्काउँदै जाने कुनियत देखिएको टिप्पणी गर्नुभएको छ । उहाँले विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रहार गर्दै कानूनलाई पूरा सघाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उज्यालो