ताजा अपडेटः

सुनवल खानेपानीकाे ११ ओै वार्षिक साधारणसभा  सम्पन्न

कल्पना खरेल
सुनवल खानेपानीकाे ११ ओै वार्षिक साधारणसभा  सम्पन्न प्रकाशित मिति: १९ आश्विन २०८१, शनिबार २१:५५

कल्पना खरेल

असाेज १९ , नवलपरासी । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्था सुनवल नवलपरासीको ११ ओै वार्षिक साधारणसभा आज सनिवार सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद न्याैपानेकाे अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य एवं पूर्व कानुनमन्त्री धुर्व बहादुर प्रधानकाे प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएकाे हाे ।
साधारणसभामा अध्यक्षकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष न्याैपानेले  ४ हजार ६ सय ४५ उपभोक्ता रहेको संस्थाको कुल लागत ११ करोड ८४ लाख ४६ हजार ५ सय ६२ रहेको जानकारी दिनुभयाे  ।
उहाँले सुनवल नगरपालिका भित्रका ६ वटा वडामा खानेपानी विस्तार  भैसकेकाे र आगामी दिनमा एक घर एक धाराकाे अबधारणा सहित विस्तार गर्दै लगिने बताउनुभयाे ।
अध्यक्ष न्यौपानेले उपभोक्तालाई स्वच्छ र  गुणस्तरिय खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेकाे सुनवल खानेपानीले विभिन्न  टोल बस्तीहरुमा पानीको स्रोत व्यवस्थापन गर्दै खानेपानी सेवा दिदै आइरहेकोमा संस्थाले हाल खानेपानी मन्त्रालय मार्फत करिब  ३६ करोड ४० लाख ७७ हजार बजेट रकमको थप योजना स्वीकृत भई नया योजना निर्माणकाे काम ५५ प्रतिशत सम्पन्न भईसकेको  जानकारी दिनुभयाे ।
त्यसैगरी संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै  संस्थाकाे कोषाध्यक्ष दिल कुमारी बुढा मगरले आर्थिक वर्ष २०८१/०८२ को भदौ मसान्त सम्म कुल आम्दानी ३२ लाख २९ हजार ६५  र संचालन तर्फ कुल खर्च २८ लाख ३९ हजार ३ सय १४ घटाउदा ३ लाख ८९ हजार ७ सय ५१ संचालनमा नाफा रहेकाे जानकारी दिनुभयाे  ।  साथै उहाँले आर्थिक वर्ष २०८१/०८२ का लागी रू. २ करोड ७३ लाख ४६ हजार ५ सय ५० बराबरको अनुमानीत आयव्याय प्रस्ताव  समेत प्रस्तुत गर्नुभएकाे थियाे ।
संस्थाकाे सचिब मुक्तिराम भण्डारीकाे संचालन र उपाध्यक्ष हिमलाल पराजुलीको स्वागत रहेकाे कार्यक्रममा  प्रतिनिधिसभा सदस्य एवं पूर्व कानुनमन्त्री धुर्व बहादुर प्रधान, निवर्तमान लुम्बिनी प्रदेशकाका उद्योग,पर्यटन तथा सहकारी मन्त्री एवं प्रदेश सभा सदस्य खड्क बस्नेत, सुनवल नगरप्रमुख विमला अर्याल, नगर उपप्रमुख सुर्य प्रसाद दुवे, निवर्तमान नगरप्रमुख भिम बहादुर थापा, खानेपानी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष थानप्रसाद गैरे, नेकपा माओवादीका नगर अध्यक्ष माेहन कार्की लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियो ।




Ads