ताजा अपडेटः

भव्य र सभ्य रूपमा क्षेत्री दिवस सम्पन्न

कल्पना खरेल
भव्य र सभ्य रूपमा क्षेत्री दिवस सम्पन्न प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार २२:०४

कल्पना खरेल ।

असाेज १८ , नवलपरासी ।  क्षत्री समाज नेपाल नवलपरासी जिल्ला कार्यसमिति (ब.सु.प.) द्वारा क्षत्री दिवस तथा घटस्थापना पुजाको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।
सुनवल -५ बनकट्टी राम मन्दिर संरक्षण कोष स्थापनार्थ “राष्ट्रिय एकता अखण्डताका लागि क्षत्री एकता” भन्ने नारा सहित आज शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै  प्रमुख अतिथि तथा निवर्तमान लुम्बिनी प्रदेशकाका उद्योग,पर्यटन तथा सहकारी मन्त्री एवं प्रदेश सभा सदस्य खड्क बस्नेतले क्षेत्री दिवसलाई संस्कृति सरंक्षणका रूपमा हेरिनुपर्ने बताउनुभयाे ।
उहाँले हामी जन्मदै क्षेत्रीकाे कुलमा जन्मेकोले कुनैपनि जात, धर्म र सम्प्रदायप्रति बिना भेदभाव समाजकाे  नेतृत्व गर्नु क्षेत्रीकाे चरित्र भएकाे उल्लेख गर्नुभयाे ।
बस्नेतले यस कार्यक्रमकाे लक्ष्य भनेकै  कुनेैपनि राजनीति अविष्ट पूरा गर्न नभई क्षेत्री परम्परा र संस्कृतिकाे जगेर्ना गर्न, भाइचाराकाे विकास गर्न , आदर्श पात्रको रूपमा आफुलाई स्थापित गर्न ,  क्षेत्री भेषभुषाकाे संरक्षण गर्न र क्षेत्री समाजलाई सांगठनिक रूपले दरिलाे बनाउनु रहेकाे तर्क राख्नुभयाे ।
कार्यक्रममा  बृद्वा, एम.वि.विएस , एम डि र पि.एच.डि गर्काे क्षेत्रीका सन्तान,  कार्यक्रममा सक्रिय भुमिका निभाएका व्यक्ति   र धेरै आर्थिक सहयोग गरेका दानदातालाई सम्मान गरिएकाे थियाे ।
आजै घटस्थापनाकाे दिन क्षेत्री दिवसकाे अवसर पारि  बाेकाे बलि दिएर  माैला पुजा समेत गरिएकाे थियाे । भने नाैमतेबाजा सहित प्रभातफेरि गरिएकाे थियाे ।
क्षेत्री समाजका जिल्ला सचिव  यम बहादुर खत्री काे संचालन र क्षेत्री समाज महिला भातृ संगठनकाे जिल्ला अध्यक्ष  बिमला आचार्यकाे स्वागत रहेकाे कार्यक्रममा क्षेत्री समाजकाे केन्द्रीय उपाध्यक्ष लाल बहादुर अधिकारी,लुम्बिनी प्रदेश अध्यक्ष पृथ्वी फाैदार ,जिल्ला सल्लाहकार यम बहादुर थापा ,पुर्व मेयर  भिम बहादुर थापा, वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रलाल शर्मा तिवारी, जिल्ला प्रवक्ता माेहन बहादुर कार्की , क्षेत्री समाज  नगरपालिका अध्यक्ष राजु केसी, जनजाति समुदायकाे प्रतिनिधित्व गर्दै  इच्छा बहादुर गुरूङ, राम मन्दिरका संस्थापक अध्यक्ष दुर्गा क्षेत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
जिल्ला भित्रका करिब ५ सय भन्दा बढि क्षेत्री सहभागी रहेकाे कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएकाे थियाे ।




Ads