ताजा अपडेटः

माेटरसाइकल  दुर्घटनामा रामग्राम ७ का प्रेम ढांडीकाे मृत्यु

माेटरसाइकल  दुर्घटनामा रामग्राम ७ का प्रेम ढांडीकाे मृत्यु प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार २१:४२

कल्पना खरेल ।
भदाै-३१, नवलपरासी ।  पश्चिम नवलपरासीकाे रामग्राम न.पा. ४ घोडपाली चोक स्थित हुलाकी सडक खण्डमा आज साेमबार भएकाे सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यू भएकाे छ।
साझँ साढे ७ बजेपश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ८ ख ७५४९ नं.को ट्रकले बिपरित दिशातर्फ बाट आउदै गरेको लु. प्र.०१-००२ प २०५४ नं. को मोटरसाइकल अचानक एक- आपसमा ठाेक्किदा  मो.सा. चालक रामग्राम न.पा. ७ नाैडिहवाका बर्ष  ३७ का प्रेम ढांडी गम्भीर घाईते भएका थिए ।
दुर्घटनाबाट अचेत अवस्थामा रहेका ढांडीकाे  उपचारको लागि जिल्ला अस्पताल परासी पठाईएको राति  ८:१५ बजे डाक्टरले मृत्त घोषणा गरेको प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएकाे छ ।  यतिबेला शव सोहि अस्पतालमा रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले भने रामग्राम ९ जाेकवारेका वर्ष ३७ का प्रेम ढांडीकाे मृत्यु भएकाे जानकारी दिएकाे थियाे ।



Ads