ताजा अपडेटः

रुख ढलेर महिलाकाे मृत्यु

कल्पना खरेल
रुख ढलेर महिलाकाे मृत्यु प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार १३:२५

कल्पना खरेल, नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका १ सालबास स्थित श्रृष्ठी सामुदायिक बनभित्र रूख ढलेर एक महिलाकाे मृत्यु भएकाे छ ।
सनिवार दिउँसो ३ :३० बजे उक्त वन भित्र रहेको घोलामा  माछा मार्ने क्रममा साेहि ठाउँ बस्ने बिशाल चौधरीको श्रीमती अन्दाजी  २७ की पार्वती चौधरीलाई सिसौको सुकेको रुख ढलेर गर्दनमा लागेकाे थियाे ।
घाईते चाैधरीकाे उपचारको लागी चिसापानी अस्पताल बर्दघाट लगिएकाेमा बेलुकी डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।
उनीहरू श्रीमान र श्रीमती दुबै घाेलामा सँगै माछा मार्न गएका थिए ।




Ads