ताजा अपडेटः

नवलपरासी महिला प्रेस क्लबकाे अध्यक्षमा कल्पना खरेल सर्वसम्मत चयन

नवलपरासी महिला प्रेस क्लबकाे अध्यक्षमा कल्पना खरेल सर्वसम्मत चयन प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार २१:३७

कल्पना खरेल ।

भदाै-२९ , नवलपरासी । नवलपरासी महिला प्रेस क्लबकाे प्रथम साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पत्रकार कल्पना खरेललाई सर्वसम्मत चयन गरेकाे छ ।
स्थापना भएकाे ६ महिनाभित्र तदर्थ समिति विघटन गरि नयाँ कार्यसमिति चयन गर्नुपर्ने संस्थाकाे नियम अनुसार आज सनिवार भएकाे प्रथम साधारणसभा तथा अधिवेशनले खरेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे ।
जसकाे अन्य मुल समितिमा उपाध्यक्षमा सुस्ताबाट सितमती हरिजन, सचिवमा पाल्हिनन्दनबाट अन्जु सहानी, काेषाध्यक्षमा बर्दघाटबाट आरती राना चयन हुनुभएकाे छ भने सदस्यहरूमा सुनवलबाट मनिषा कार्की , अनिता परियार, कमला दर्जी, मन्जु यादव र  रामग्रामबाट साेभा यादव चयन हुनुभएकाे छ ।
वि.स. २०८० माग २९ गते बैधानिक रूपमा स्थापना भएकाे  नवलपरासी महिला प्रेस क्लबले याे ६ महिनामा सुनवल नगरपालिका , प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका, पाल्हिनन्दन गाउँपालिका र सरावल गाउँपालिका गरि पाँच स्थानिय सरकार सगँ अन्तर्क्रया कार्यक्रम सम्पन्न गर्याे ।
त्यस्तै सुनवल नगरपालिकाकाे सहयाेगमा ३ दिने आधारभुत पत्रकारीता तालिम पनि संचालन गरेकाे थियाे ।
संस्थाकी अध्यक्ष कल्पना खरेलकाे अध्यक्षता र सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा अध्यक्षकाे वार्षिक प्रतिबेदन अध्यक्ष खरेले प्रस्तुत गर्नुभएकाे थियाे भने , काेषाध्यक्षकाे प्रतिवेदन काेषाध्यक्ष सितमती हरिजनले  प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष विरवल चाैधरी, सल्लाहकार द्वय डाेलराज भण्डारी , शान्ता भण्डारी ,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुश्माखर ढकाल, प्रतापपुर प्रेस क्लबका अध्यक्ष वृजराज कुश्वाह, सरावल प्रेस क्लबका अध्यक्ष  उमेश विक लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।
अधिबेशनले ३ बर्षकाे लागि अध्यक्ष खरेलकाे अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेकाे हाे ।



Ads