ताजा अपडेटः

महिलाले नेतृत्व गरेको क्षेत्रमा भ्रष्टाचार कम हुने :- लुम्बिनी प्रदेश सभामुख घर्ति मगर

कल्पना खरेल
महिलाले नेतृत्व गरेको क्षेत्रमा भ्रष्टाचार कम हुने :- लुम्बिनी प्रदेश सभामुख घर्ति मगर प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार १६:५०

कल्पना खरेल ।

भदौ -१९, रुपन्देहि । महिलाले नेतृत्व गरेको क्षेत्रमा भ्रष्टाचार कम रहेको भन्दै हरेक क्षेत्रमा महिला नेतृत्वको आवश्यक रहेको लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ति मगरले बताउनुभएको छ ।  आज बुधबार क्यानेडियन राजदुतावासको सहकार्यमा मिडिया एड्भोकेसी ग्रुपले रूपन्देहीमा आयाेजित पत्रकार महिलाका लागि राजनीति, संसदीय मामिला र विदेश मामिला सम्बन्धी कार्यशालामा  बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
समाज, दल, संसद र सरकारमा पितृसत्तात्मक सोचको हावि हुनु र  महिलाको नेतृत्व स्वयम महिलाले स्वकार्न नसक्नुनै नेतृृत्व तहमा महिलाको पहुच पुग्न नसक्ने कारक रहेकोले त्यसलाई चिर्न महिला पत्रकारले कलम चलाउनुपर्ने आवश्यक रहेको सभामुख घर्ति मगरको भनाई छ ।
सगंठन भनेको सत्ता संचालन गर्ने क्षेत्र भएको हुदा हरेक क्षेत्रको अधिकारको रिपोटिङ गर्ने महिला पत्रकार स्वयमं पत्रकार सगठनको नेतृत्व गनुपर्ने सुझाव दिनुभयो ।
सोहि क्रममा बोल्दै बुटवल उपमहानगर पालिकाको उपाध्यक्ष सावित्रा अधिकारीले निति, निर्माण  गर्ने तहमा महिलाको पहुच नपुग्दा सम्म महिलाको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभयो । उहाँले आरक्षण कोटा यथावत राख्दै समानुपातिक खारेज गनुपर्ने भन्दै स्थानिय सरकारमा महिला प्रमुख सुनिश्चतताका लागि कोटा आवश्यक रहेको धारणा राख्नुभयो ।
राजनितिलाई सुधार्न र खबरदारी गर्न महिलालार्ई राजनितिमा रिपोटिङ गर्न आवश्यक रहेकोले परिस्थितीलाई स्वइकार्दै निडरता पुर्वक राजनितिक रिपोटिङमा लाग्न महिला पत्रकारलाई सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहिका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता र संचारीका समुहको लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलकाे संचालन रहेकाे कार्यशालामा डा. महेन्द्र विष्ठ र बबिता बस्नेतले सहजीकरण गर्नुभएकाे थियाे ।
भने लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्त, नवलपरासी पश्चिम र पाल्पाका २० जनाको सहभागिता रहेको थियो ।




Ads